×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

महरा प्रकरण अपडेट : थुनछेकका लागि अदालतमा उपस्थित गराइँदै, अरु के छन् प्रक्रिया !

काठमाडौँ । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका पूर्व सभामुख कृष्ण बहादुर महरालाई बिहिबार (आज) थुनछेकका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । स्रोतका अनुसार महरालाई बिहीबारनै धरौटी वा तारेखमा छुट्ने वा पुर्पक्षको लागि थुनामा पठाइने टुंगो लाग्ने बताएको छ ।
काठमाडौं जिल्ला अदालतले महरामाथि अनुसन्धान गर्न यसअघि पहिलो पटक १३ दिन र त्यसपछि ५ दिन म्याद थपेको थियो । उक्त समयमा पनि प्रहरीले अनुसन्धान नसकिएको भन्दै फेरि समय मागेपछि अदालतले पछिल्लो पटक कार्तिक ७ गते थप सात दिन म्याद थपिदिएको थियो ।
संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीले यौन दुर्व्यवहारको आरोप लगाएपछि महरा १९ असोज गते  पक्राउ परेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: