थुनामा 'बिरक्त' भएपछि महराले कानुनको छिद्र प्रयोग गरे, उच्च रक्तचापको कारण देखाउदै अस्पताल भर्ना !

काठमाडौं । प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको छ । महराको स्वास्थ्यमा समस्या देखिएसँगै उपचारका लागि बिहीबार थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना गरिएको मानगरिय प्रहरी वृत अनामनगरले जनाएको छ । 

उच्च रक्तचाप, मधुमेह र अक्सिजन अभावजस्ता समस्याबाट ग्रसित महराको यसअघि नै स्वास्थ्यमा समस्या देखिएको थियो । उनको स्वास्थ्य अवस्था बिहीबार बिहानदेखि अझै बिग्रिएको हो ।

संसद सचिवालयमा कार्यरत एक कर्मचारीको यौन दुर्व्यवाहारको आरोप लागेका महरा सोमबारदेखि प्रहरी हिरासतमा छन् । गत आइतबार सभामुख निवासबाटै प्रकाउ परेका महरालाई हाल महानगरीय प्रहरी वृत्त अनामनगरमा राखिएको छ।
प्रकाशित मिति : Thursday, October 10, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal