संसद सचिवालयमा यसरी टाँसियो सभामुख महराको राजीनामाको सूचना

काठमाडौं ।  सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएको सूचना संसद सचिवालयमा टाँसिएको छ ।
उक्त सूचना उपसभामुखको निर्देशनअनुसार प्रतिनिधिसभा नियमावलीको नियम २११ को उपनियम २ अनुसार सूचना टाँसिएको सचिवालयका सचिव भरतराज गौतमले बताएका छन् ।

मंगलबार महराले उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा दिएका हुन् ।उनले राजीनामा पत्रमा ‘छानबिन नहुँदासम्मका लागि’ राजीनामा दिएको उल्लेख गरेका थिए ।
प्रकाशित मिति : Wednesday, October 02, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal