लक्ष्मी बैंकको २० लाख युनिट ऋणपत्र बिक्री खुल्ला, अवधि १० वर्ष, कति पाइन्छ ब्याज ?


काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको आज (बिहिबार) देखि २० लाख युनिट ऋणपत्र बिक्री खुल्ला भएको छ । बैंकले कुल  २० लाख युनिट ऋणपत्रमध्ये ८ लाख युनिट ऋणपत्र सर्वसाधारणलाई बिक्री गर्न लागेको हो भने ५ प्रतिशत सामूहिक लगानी कोषलाई छुट्याएको छ । बाँकी १२ लाख युनिट बैंकले आफ्नै पहलमा कर्पोरेट हाउस तथा अन्य संस्थाहरुलाई बिक्री गर्ने भएको हो ।

वार्षिक १० प्रतिशत ब्याजदर पाइने उक्त ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले मध्यम खालको सुरक्षा जनाउने एलबीबीबी प्लस रेटिङ दिएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्नेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकले १० वर्ष अवधिको ‘१०% लक्ष्मी बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । 

बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङलाई तोकिएको छ । बैंकको उक्त ऋणपत्रमा छिटोमा असोज २७ गतेसम्म आवेदन दिन सकिनेछ भने आवश्यक मात्रामा बिक्री नभएमा कात्तिक २२ गतेसम्म भर्न सकिनेछ ।
प्रकाशित मिति : Thursday, October 10, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal