महालक्ष्मी विकास बैंकले सेयरधनीलाई ८ % बोनस र ९.८९ % नगद लाभांश दिने, कति पुग्छ चुक्ता पूँजी ?

काठमाडौं । महालक्ष्मी विकास बैंकले पनि गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर दिने भएको छ । ८ प्रतिशत बोनस सेयर दिएपछि बैंकको चुक्ता पूँजी ३ अर्ब १२ करोड पुग्नेछ । बैंकको असोज १६ गते बसेको संचालक समितिको बैठकले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ९.८९ प्रतिशत नगद लाभांश समेत घोषणा गरेको छ । जुन रकम बोनस सेयरमा लाग्ने करको लागि समेत प्रयोग हुनेछ ।
प्रकाशित मिति : Thursday, October 10, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal