×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

दशैंमा ३ दिन बन्द भएको मनकामना केबलकार आजदेखि पुनः सञ्चालनमा !

काठमाडौँ । मनकामना केबलकार सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ । मनकामना दर्शन प्रा.लिले सञ्चालनमा ल्याएको मनकामना केबलकार सेवा आजदेखि पुनः सञ्चालनमा आएको हो । दशैंका लागि असोज २० गतेदेखि बन्द गरिएको केबलकार सेवा आजदेखि पुनः नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रा.लिका नायब महाप्रबन्धक डिल्लीनारायण कायस्थले जानकारी दिए ।
चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटार चेरेसमा मनकामना केबलकारको प्रवेशद्वार रहेको छ भने केबलकारको ३४ डब्बाले यात्रु र ३ डब्बाले सामग्री तथा खसीबोका ओसार्ने गरेको छ । गोरखाको शहीद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा दर्शनका लागि हरेक दिन औषतमा ३ हजारदेखि साढे ३हजार दर्शनार्थीले मनकामना केबलकार चढ्ने गरेको मनकामना दर्शन प्रा.लिले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: