७१ हजार नगदसहित नवलपरासीबाट १० जना जुवाडे पक्राउ

काठमाडौं - नवलपरासीको गैंडाकोट भैसाखोरीबाट प्रहरीले नगदसहित १० जुवाडेलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, गैंडाकोटको टोलीले गैडाकोट–१० स्थित भैंसाखोरीका राजकुमार सुनारको घरबाट नगद ७१ हजार पाँच सय २ रुपैयाँसहित १० जनालाई तास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गैंडाकोट–१० का ४० वर्षीय इन्द्र राना, २५ वर्षीय सुजन बराल, २५ वर्षीय देव गुरुङ, ३१ वर्षीय मनोज गुरुङ, ३९ वर्षीय थिरबहादुर महतो, ४४ वर्षीय सञ्जय अधिकारी, ३४ वर्षीय भीम रावल, ३१ वर्षीय सुनबहादुर सुनारी मगर, २५ वर्षीय अनील सुनार र ३३ वर्षीय घरधनी राजकुमार सुनार रहेको जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : Sunday, October 13, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal