×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

उपनिर्वाचनका लागि कात्तिक १० गते भित्र उम्मेदवारको नाम सिफारिस गर्न नेकपाको निर्देशन (भिडियो रिपोर्ट)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले प्रनिधिसभा र प्रदेश सभाको सदस्यको उपनिर्वाचनका लागि कात्तिक १० गते भित्र उम्मेदवारहरुको नाम सिफारिस गरि केन्द्रमा पठाउन प्रदेश कमिटीलाई निर्देशन दिएको छ । नेपाल कम्युनिष्ट पार्टीको बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको सम्बन्धमा सम्बन्धित निर्वाचन क्षेत्र स्तरको कमिटी र जिल्ला कमिटी संग परामर्श गरि ३ जनाको नाम सिफारिस गरि कात्तिक १० गते भित्र केन्द्रमा पठाउन प्रदेश कमिटीलाई निर्देशन दिएको हो । निर्वाचन क्षेत्रिय कमिटी नबनेको स्थानमा जिल्ला कमिटीले सिफारिस गर्ने तथा प्रदेशसभाको सदस्यको हकमा पनि त्यही कुरा लागु गर्ने निर्णय बैठकले गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
स्थानीय नगरपालिका वा गाउपालिकाहरुको मेयर÷उपमेयर, अध्यक्ष/उपाध्यक्षको उम्मेदवारका लागि भने सम्बन्धित गाउ वा नगरकमिटी र जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले निर्णय गर्ने पनि उहाँले जानकारी दिनुभयो । वडाको हकमा सम्बन्धित वडा कमिटी वा गाउ नगरकमिटीको सिफारिसमा जिल्ला कमिटीले उम्मेदवारको चयन गर्न सक्ने गरि बैठकले निर्णय गरेको छ । उपनिर्वाचन मंसिर ६ गते हुँदैछ । 
त्यसैगरी बैठकले संगठन विभागमा अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई चयन गरेको छ । यसअघि नै संगठन विभाग प्रमुखमा बामदेव गौतम र उपप्रमुखमा जनार्दन शर्मालाई सचिवालयले चयन गरिसकेको छ । पछिल्ला सदस्य सहित संगठन विभाग ५ सदस्यीय भएको छ । यद्यपि संगठन विभागले पुर्णता भने अझै पाएको छैन । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: