थप ३२ जिल्लामा फोरजी सेवा !

काठमाडौँ । नेपाल टेलिकमले थप ३२ जिल्लामा फोरजी सेवाको नेटवर्क विस्तार गर्ने भएको छ ।टेलिकमले दमक, बिर्तामोड, धरान, विराटनगर, इटहरी, जनकपुर, वीरगञ्ज, हेटौँडा, भरतपुर, बुटवल, नेपालगञ्ज, धनगढी लगायतमा फोरजी सेवा सञ्चालन हुनेछ । त्यस्तै महोत्तरी, रुकुम, बागलुङ, रौतहट, सिरहा, बर्दिया, दाङ, धनकुटा, म्याग्दी, नवलपरासी, पाल्पा, पर्वत, कैलाली र कपिलवस्तुका सदरमुकाममा पनि फोरजी सेवा विस्तार गर्न लागेको हो । 

उक्त सेवाको प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ औपचारिक रूपमा शुभारम्भ गरेका हुन् । यसअघि भने टेलिकमको सो सेवा काठमाडौं र पोखरामा मात्र उपलब्ध थियो । यसरी मुलुकभर नै फोरजी सेवा उपलब्ध भएपछि उच्च गतिको मोबाइल ब्रोडव्याण्डमार्फत, श्रव्यदृश्य तथा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवाहरु र मनोरञ्जन लगायत विविध सेवा प्रवाहमा वृहत् सुधार हुने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति : Wednesday, October 02, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal