नेप्सेद्वारा मार्जिन कारोबारका लागि कार्यविधि विवरण पेश गर्न ब्रोकरलाई निर्देशन !

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मार्जिन कारोबार सेवा सञ्चालनका लागि तयार पारिएका सम्पूर्ण विवरण पेश गर्न ब्रोकरहरुलाई निर्देशन दिएको छ । नेप्सले एक सूचना जारी गर्दै कारोबार गर्न अनुमतिपत्र पाएका ब्रोकरहरुले सेवा सञ्चालनका लागि बनाएको कार्यविधि, दिग्दर्शन तथा अन्य नीतिगत र कार्यगत व्यवस्थाको विवरण यथाशिघ्र पेश गर्न निर्देशन दिएको हो । 

हाल मार्जिन कारोबार सेवा सञ्चालनका लागि २१ वटा ब्रोकरले अनुमति पाएका छन् । 
प्रकाशित मिति : Thursday, October 31, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal