१८ विकास बैंकसहित ८१ कम्पनी नेप्सेको कारवाहीमा, यस्तो छ कारण ! (सूचीसहित)

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १८ विकास बैंकसहित ८१ वटा कम्पनीको सेयर कारोबार रोक्का भएको छ । नेप्सेले एक सुचना जारी गर्दै यस्तो जानकारी दिएको हो । उक्त कम्पनीहरुले वार्षिक नवीकरण शुल्क नबुझाएका कारण नेप्सेमा सेयर कारोबार रोक्का भएको हो । 

नेप्सेका अनुसार धितोपत्र विनियमावली २०७५ को विनियम १६ (१–क) बमोजिम धितोपत्र सूचीकरणको वार्षिक शुल्क नबुझाएका कारण ८१ सुचीकृत कम्पनीहरुको कारोबार कार्तिक ३ गतेबाट लागू हुगे गरी स्थगित गरिएको हो । 

सेयर कारोबार रोक्का हुने कम्पनीहरुमा लघुवित्त कम्पनी, व्यापार कम्पनी, होटल, अन्य समूह, उत्पादन समूह, जलविद्युत समुह र बीमा समुहका कम्पनी रहेका छन् । नेप्सेलाई बुझाउनुपर्ने वार्षिक नवीकरण शुल्क नबुझाउने त्यस्ता कम्पनीलाई कारबाहीस्वरुप कारोबार रोक्का गरिएको हो।

हेर्नुहोस् : नेप्सेले जारी गरेको सूचना जस्ताको तस्तै :




प्रकाशित मिति : Sunday, October 20, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal