नेपाल राष्ट्र बैंकद्वारा प्रभु बैंक लिमिटेडको १६.८४ प्रतिशत लाभांश स्वीकृत !

 पालुङटारकाठमाडौं । प्रभु बैंक लिमिटेडको प्रस्तावित १६.८४ प्रतिशत लाभांश स्वीकृत भएको छ । राष्ट्र बैंकले कात्तिक ८ गते प्रभु बैंकद्वारा प्रस्तावित लाभांश स्वीकृत गरेको हो । राष्ट्र बैंकले स्वीकृत गरेपछि अब प्रभु बैंकले आफ्नो वार्षिक साधारणसभाबाट अनुमोदन गरी आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्नेछ ।

यद्दपि बैंकले भने अहिलेसम्म साधारणसभा गर्ने दिन तोकेको छैन । प्रभु बैंकको सञ्चालक समितिको गत असोज १७ गते बसेको बैंकले चुक्ता पुँजी ८ अर्ब ८९ करोड २६ लाख ७४ हजार ९०६ रुपैयाँको १६ प्रतिशतले हुन आउने १ अर्ब ४२ करोड २८ लाख २७ हजार ९५३ रुपैयाँ बराबरको बोनस सेयर वितरणको प्रस्ताव गरेको थियो । यस्तै बोनस सेयर कर प्रयोजनार्थ बैंकले ०.८४ प्रतिशतको दरले हुन आउने ७ करोड ४८ लाख ८५ हजार ६८२ रुपैयाँ बराबरको नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो ।
प्रकाशित मिति : Thursday, October 31, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal