१००० रुपैयाँ दरका नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई, लागत ९१ लाख ९० हजार अमेरिकी डलर ! (भिडियो रिपोर्ट)

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ हजार रुपैयाँ दरका नयाँ नोट छाप्ने जिम्मा चीनको एक कम्पनीलाई दिएको छ । राष्ट्र बैंकले ३१ थान १ हजार रुपैयाँ दरका नयाँ नोट छाप्न लागेको हो ।

चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिनटिङ कर्पोरेशनले नयाँ नोट डिजाइन, छपाइ तथा आपूर्तिको काम गर्ने भएको हो । कम्पनीले ९१ लाख ९० हजार अमेरिकी डलरमा नोट छापि, डिजाइन गरी नेपाल पठाउने पनि बताइएको छ ।

चिनियाँ कम्पनीले छापेका उक्त नयाँ नोट नेपाल आइपुग्न करिब ८ महिना लाग्ने बताइएको छ । 

प्रकाशित मिति : Wednesday, October 16, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal