दशैँ बिदामा कहाँ - कहाँ खुल्दैछन् राष्ट्रिय बाणिज्य बैंकका शाखा कार्यालय ?

काठमाडौँ । राष्ट्रिय बाणिज्य बैंकले पनि दशैँ बिदामा उपत्यकाभित्र र उपत्यकाबाहिरका विभिन्न शाखा कार्यालयबाट सेवा प्रदान गर्ने भएको छ । बैंकले असोज २१ गतेबाहेक अन्य दिन विभिन्न शाखाबाट सेवा प्रदान गर्ने सुचना सार्वजनिक गरेको छ । 

उपत्यकाभित्र बानेश्वर, भोटाहिटी, महाराजगन्ज, कलंकी, ललितपुर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शाखाहरु असोज १८, १९, २० र २२ गते खुला रहनेछन् । उपत्यकाबाहिर बिर्तामोड, दमक, इटहरी, विराटनगर, जनकपुर, वीरगन्ज, नारायणगढ, बुटवल, भैरहवा, महेन्द्रपुल, तुतलसीपुर, कोहलपुर, सुर्खेत, नेपालगन्ज, धनगढी र महेन्द्रनगर शाखाहरु खुला रहनेछन् ।

बैंकका उक्त शाखाहरु बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुला रहनेछन् । यी दिनहरुमा नगद जम्मा र चेक भुक्तनी गर्ने काम हुने बैंकले जनाएको छ ।
प्रकाशित मिति : Tuesday, October 01, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal