शाइन रेसुंगा, पूर्णिमा र भागर्व विकास बैंकको एकीकृत कारोबार आजबाट सुरु, को - को छन् सञ्चालक समितिमा ?

काठमाडौँ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले पूर्णिमा विकास बैंक र भार्गव विकास बैंकलाई एक्वायर गरी सोमबार (आज) देखि एकीकृत कारोबार सुरु गरेको छ । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार भएको हो । राष्ट्र बैंकले असोज ९ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असोज १६ गते एकीकृत कारोबार गर्न अन्तिम बैंकलाई स्वीकृति दिएको थियो । 

बैंकको केन्द्रीय कार्यालय बुटवल उप–महानगरपालिका वडा नं ६ मा रहनेछ । हाल १० जिल्ला कार्य क्षेत्र रहेको शाइन रेसुंगाले २ विकास बैंकहरूलाई प्राप्ति गरेसँगै ६८ वटा शाखा पुगेको छ । प्राप्तिअघि चुक्तापुँजी १ अर्ब ६२ करोड रुपैयाँ रहेको शाइन रेसुंगाको चुक्तापुँजी पूर्णिमाको ५५ करोड र भार्गवको ५० करोड रुपैयाँ जोडेपछि ३ अर्बको हाराहारीमा पुगेको छ ।

यस्तै बैंकको एकीकृत कारोबारसँगै ६ सदस्यीय नयाँ सञ्चालक समिति समेत गठन भएको छ । बैंकको सञ्चालक समितिको अध्यक्षमा राजेन्द्रप्रसाद श्रेष्ठ रहेका छन् । 
प्रकाशित मिति : Monday, October 14, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal