शाइन रेसुंगा, पूर्णिमा र भार्गव विकास बैंकको एकीकृत कारोबार असोज २७ बाट हुने, कुल शाखा संख्या ६८ पुग्ने !

काठमाडौं - शाइन रेसुंगा डेभलपमेन्ट बैंकले पूर्णिमा विकास बैंक र भार्गव विकास बैंकलाई एक्वायर गरी असोज २७ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । यी दुई बैंकलाई एक्वायर गरेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार हुनेछ । 

राष्ट्र बैंकले असोज ९ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असोज १६ गते एकीकृत कारोबार गर्न अन्तिम  बैंकलाई स्वीकृति दिएको थियो । बैंकको केन्द्रीय कार्यालय बुटवल उप–महानगरपालिका वडा नं ६ मा रहनेछ ।हाल १० जिल्ला कार्य क्षेत्र रहेको शाइन रेसुंगाले २ विकास बैंकहरूलाई प्राप्ति गरेसँगै  ६८ वटा शाखा पुगेको छ ।

प्राप्तिअघि चुक्तापुँजी १ अर्ब ६२ करोड रुपैयाँ रहेको शाइन रेसुंगाको चुक्तापुँजी पूर्णिमाको ५५ करोड र भार्गवको ५० करोड रुपैयाँ जोडेपछि ३ अर्बको हाराहारीमा पुगेको छ । 
प्रकाशित मिति : Friday, October 04, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal