×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

गैर आवासीय नेपालीले सहयोग गरे पर्यटन प्रवर्द्धन गर्न कुनै समस्या छैन : पर्यटनमन्त्री भट्टराई (भिडियो रिपोर्ट)

काठमाडौँ । सरकारले विश्वका विभिन्न देशमा ‘नेपाल भ्रमण वर्ष सम्भावना दूत’हरु पनि नियुक्त गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन विश्वका विभिन्न मुलुकमा तत्काल सम्भावना दूतहरु नियुक्त गर्ने तयारी गरिएको जानकारी दिनु भएको हो । त्यसका लागि उहाँले उपयुक्त व्यक्तिको छनौटका लागि सिफारिस गर्न गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई पनि आग्रह गर्नुभयो । 
आईतबार एनआरएनएका नवनिर्वाचित पदाधिकारीसँगको सामूहिक भेटमा मन्त्री भट्टराईले गैर आवासीय नेपालीहरुले सहयोग गरे नेपालमा पर्यटन प्रवद्र्धन गर्न कुनै समस्या नरहेको पनि स्पष्ट पार्नुभयो । उहाँले नेपालको अर्थतन्त्रमा १० प्रतिशत योगदान पर्यटन क्षेत्रको हुने गरी पर्यटन प्रवद्र्धन गर्न सरकार प्रतिवद्ध भएर लागि परेको पनि बताउनुभयो । विगतमा सरकारले यथोचित ध्यान दिन नसकेकाले नेपालमा पर्यटक प्रवद्र्धन गर्ने काममा समस्या देखिएको पनि मन्त्री भट्टराईको भनाई थियो । मन्त्री भट्टराईले जननिर्वाचित तीनै तहको सरकारहरुले काम गरिरहेकाले मुलुकमा छिट्टै सुशासन आउनेमा आश्वस्त हुन पनि सबैलाई आग्रह गर्नुभयो ।
मन्त्री भट्टराईले मुलुकलाई समृद्ध बनाउन पर्यटन क्षेत्रको विकासमा सरकारले यथोचित ध्यान दिने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: