ग्लोबल आईएमई बैंकको नयाँ ब्याजदर सार्वजनिक, बचत र कर्जामा कति ?

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा अनुसार मुद्दती निक्षेपमा व्यक्तिगत तर्फ ९.२५ र संस्थागत तर्फ ८.५० प्रतिशत ब्याज रहेको छ । 

बैंकले बचत खातामा अधिकतम ६ र न्यूनतम ०.७५ प्रतिशत ब्याज दिने जनाएको छ । कर्जातर्फ बैंकले अधिकतम १५.४४ प्रतिशतसम्म ब्याज लिनेछ भने हायर पर्चेज, स्टक शैक्षिक धितोकर्जा, ब्रोकर फाइनान्सिङ गर्दा, सेयर धिताकर्जा, मोटरेज लोन लिँदा १५.४४ प्रतिशत ब्याज तोकेको छ भने होम लोन, अटो लोन लिँदा भने १४.४४ प्रतिशत ब्याज लाग्ने जनाएको छ ।

यस्तै असोजमसान्तसम्ममा बैंकको आधार दर ९.४४ प्रतिशत रहेको छ ।
प्रकाशित मिति : Wednesday, November 13, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal