×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

वित्तीय संस्थाहरुलाई उद्योगको रुपमा संचालन गर्न खोजे कार्वाही हुन्छ : गभर्नर नेपाल (भिडियो रिपोर्ट)

काठमाडौँ । राष्ट्र बैंकले मुलुकको आर्थिक विकासमा केन्द्रित नहुने बैंक तथा वित्तिय संस्थाहरुलाई कडा कार्वाही गर्ने चेतावनी दिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय संस्थालाई निजी उद्योगको रुपमा संचालन गर्न खोजे राष्ट्र बैंकले कडा कार्वाही गर्ने चेतावनी दिनु भएको हो । उहाँले जनताको पैसा उठाएर संचालनमा आएका बैंक तथा वित्तिय संस्था निजी नहुने भएकाले उनीहरुले मुलुकको समृद्धिका लागि आफूसँग संकलन भएको निक्षेप परिचालन गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो ।

गभर्नर नेपालले जनताको पैसा नडुबोस् भनेर समस्याग्रस्त बैंक तथा वित्तिय संस्था संस्थाहरुलाई पुनः संचालन गर्ने अवसर प्रदान गरिएको पनि स्मरण गराउनुभयो । सोमबार काठमाडौँमा समृद्धि फाईनान्स कम्पनी लिमिटेडको उद्घाटन गर्दै उहाँले जनताको पैसा लिएका बैंक तथा वित्तिय संस्थाहरुलाई आफ्नो निजी उद्योगको जसरी जभाभावी लगानी गर्न दिन नसकिने पनि बताउनुभयो । उहाँले बैंक तथा वित्तिय संस्थाहरु विश्वमा कहीँ पनि निजी नहुने भएकाले त्यसले नेपाल राष्ट्र बैंकको नीति, निर्देशनको पालना गरेर अघि बढनुको विकल्प नरहेको पनि दोहोर्याउनु भयो ।

गभर्नर नेपालले जनताको पैसा डुब्न नदिन नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तिय संस्थाहरुमाथि कडा निगरानी राख्ने कामलाई तीव्रता दिने गरेको पनि बताउनुभयो । हेर्नुहोस् भिडियो 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: