×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

६ लाख ५० हजार नगदसहित न्युरोडबाट ७ जना जुवाडे पक्राउ !

काठमाडौँ । काठमाडौँको न्युरोड रन्जना गल्लीबाट ७ जना जुवाडेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुलाई गएराति १२ बजे ६ लाख ५० हजार नगदसहित नियन्त्रणमा लिएको हो । 
पक्राउ पर्नेहरुमा प्रदिप श्रेष्ठ ,रमेश थापा, रविन तामाङ्ग ,सरुन तामाङ्ग, सुशीला श्रेष्ठ, चन्द्र लामा र कुमार केसी रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए । डिएसपी बोगटीका अनुसार चन्द्र लामाले सञ्चालन गर्दै आएको जुवाको अड्डाबाट उनीहरु पक्राउ परेका हुन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: