×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मापसेले ‘टिल्ल’ परेका राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी शाखाको छतबाट खसे, डाक्टर भन्छन्, ‘बचाउन सकेनौं…’

काठमाडौँ – ‘ड्युटी’कै क्रममा राष्ट्रिय वाणिज्य बैंकका एक कर्मचारीको शाखाको छतबाट खसेर मृत्यु भएको छ । बैंकको कैलाली जिल्लाको लम्की शाखामा कार्यरत दार्चुलाको मालिकार्जुन गाउँपालिकाका ४६ वर्षीय दयाकृष्ण पन्तको ‘ड्युटी’कै क्रममा उक्त शाखाकै दोस्रो तलाबाट खसेर मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरिक्षक ज्ञानेन्द्र चन्दका अनुसार उक्त शाखा कार्यालयमा सहयोगी पदमा कार्यरत पन्तको छतबाट खसेर उपचारका क्रममा मृत्यु भएको हो । ‘सोमबार राती बैंकको छतबाट खसेपछि नीजलाई टिकापुर अस्पताल लागिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै चन्दले भने, ‘उक्त भवन निर्माणाधीन रहेकाले ग्रील थिएन । त्यहींबाट पन्त खसेको पाइयो ।’

घटना के कारणले भएको हो भन्ने कुरा भने अझै अनुसन्धानकै क्रममा रहेको उनको भनाइ छ । ‘बाँकि अनुसन्धान गर्दैछौँ । अनुसन्धान सकिएपछि छतबाट खस्नुको कारण थाहा हुनेछ ।’ उनले भने ।

 निर्माणाधीन भवनमा दुर्घटना !
यसो त उक्त भवनको दोश्रो तल्ला (ग्राउण्ड फ्लोरसमेत गन्दा तेश्रो तल्ला, स्थानीय भाषामा दोश्रो तल्ला)मा र अन्तिम तल्लामा पनि बरन्डामा ग्रील थिएन । उक्त ग्रील नभएको ठाउँमा नीज पन्त फोन गरिरहेका बेला उनी छतबाट खसेका थिए । छतबाट खसेर गम्भीर घाइते भएय्का उनलाई अस्पताल लगिए पनि बचाउन भने सकिएन । उक्त भवनमा मुक्तिनाथ बिकास बैंकको शाखा पनि छ । यो ग्रील नभएको धरापवाला ठाउँमा भने मुक्तिनाथ विकास बैंक छ । सोहि भवनमा सानिमा लाइफ इन्स्योरेन्स र प्रभु मनि ट्रान्सफरका समेत कार्यालय छन् ।

पन्त ज्यालादारी कर्मचारी थिए, मापसेले लियो ज्यान’ : बैंकका शाखा प्रबन्धक 
यता बैंकका शाखा प्रबन्धकले भने मापसे गरेका कारण दुर्घटना भएको बताएका छन् । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै लम्की शाखाका शाखा प्रबन्धक गोबिन्द देव भट्टले भने, ‘उहाँको रक्सी पिउने बानी थियो । घर निर्माणाधीन भएकाले माथि ग्रिल थिएन । त्यहींबाट उहाँ खस्नुभएछ । उपचारका लागि लगिएपनि उहाँलाई बचाउन सकिएन । अहिले उहाँको शब टिकापुर अस्पतालमा राखिएको छ ।’


हेर्नुहोस् भिडियो रिपोर्ट !

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: