×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विक्ली एग्रीमेन्ट रिपोर्ट : कार्तिकको तेश्रो साता कुन बैंकले कुन संस्थासँग कस्तो सम्झौता गरे ? (विवरणसहित)

काठमाडौं – यो साता पनि विभिन्न बैंकहरुले आफ्ना ग्राहकहरुलाई विभिन्न सुविधा प्रदान गर्नका लागि विभिन्न संस्थासँग विभिन्नखाले सम्झौता गरेको छन्  । हेर्नुहोस् यो साता कुन बैंकले, कुन संस्थासंग, के प्रयोजनका लागि, कस्तो सम्झौता गरे :

काठमाडौँ – एनआईसी एशिया बैंक लिमिटेड र टिथ सेभर्स प्रा.लि त्रिपुरेश्वरबीच डेन्टल क्लिनिकमा दाँतसम्बन्धी उपचार गराउँदा छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता बमोजिम बैंकका डेबिट एवम् क्रेडिट कार्डवाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले टिथ सेभर्समा दाँतसम्बन्धी उपचार गराउँदा १५% सम्म छुट प्राप्त गर्न सक्ने छन् ।
सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख प्रवीण रेग्मी र टिथ सेभर्सको तर्फबाट अध्यक्ष उषा घिराईयाले हस्ताक्षर गरेका छन् ।

काठमाडौँ – ज्योति विकास बैंक र राशी अटोमोबाइल्सबीच सम्झौता भएको छ । सम्झौतापछि राशी अटोमोबाइल्सको सिफारिस प्राप्त ग्राहकहरुले न्यू होलण्ड ब्राण्डका निर्माण उपकरणको लागि ज्योति विकास बैंकमार्फत सहज रुपमा कर्जा प्राप्त गर्नेछन् ।
सम्झौता पत्रमा ज्योति विकास बैंकका नायब महाप्रबन्धक सुशीलकुमार शर्मा तथा राशी अटोमोबाइल्सका अध्यक्ष अर्जुन रानाभाटले हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात ज्योति विकास बैंकको कर्जा सेवाले ग्राहकहरुलाई थप सहज हुने जनाइएको छ । राशी अटोमोबाइल्सले देशभर फैलिएको आफ्नो सञ्जालबाट सेवाग्राहीलाई सेवा दिंदै आएको छ ।

काठमाडौं – लक्ष्मी बैंक र तिलगङ्गा आँखा अस्पतालबीच बालबालिकामा हुने आँखाको क्यान्सरको पहिचान र उपचारका लागि सहयोग सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकका प्रमुखकार्यकारी अधिकृत अजय विक्रम शाह तथा अस्पतालकी प्रमुखकार्यकारी अधिकृत रिता गुरुङ्गले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सो सम्झौता अनुसार बैंकले आर्थिक रुपले विपन्न पृष्ठभुमिका बालबालिकाहरुको आखाँको क्यान्सर (रटिनोब्लाष्टोमा)को पहिचान र उपचारका लागिरु ५ लाख बराबरको आर्थिक सहयोग प्रदान गर्नेछ ।
रटिनोब्लाष्टोमा आँखाको पर्दा रेटिनामा हुने एक प्रकारको खतरनाक क्यान्सर हो जुन सामान्यतया नवजातशिशु र पाँचवर्ष सम्मका बालबालिकामा देखा पर्दछ । विश्वभर १५ सय नवजातशिशुमध्ये १ मा यो रोग देखा पर्ने गरेको तथ्यांक छ । यो रोग समयमा पत्ता लागेमा ज्यानमात्र होइन आँखा र दृष्टि पनि बचाउन सकिने प्रविधिहरुको विकास भएको छ ।
नेपालमा तिलगंगा आँखा अस्पतालले केमोथेरापि, लेजर थेरापि, प्लेग ब्राकिथेरापि, शल्यक्रियालगायतका प्रविधिहरुबाट यो रोगको उपचार सुरु गरेको छ । यसरी, सुस्वास्थ्य सम्बन्धीदिगो विकास लक्ष्य प्राप्तिमा सहयोग पुर्याउने उद्देश्यसहित बैंकले बालबालिकाको आँखाको क्यान्सरको उपचारका लागि यो आर्थिक सहयोग उपलब्ध गराएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: