×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कृषि विकास बैंकको खुद नाफा १०.१३%ले वृद्धि, कति छ वितरण योग्य नाफा ?

काठमाडौं – चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कृषि विकास बैंकको खुद नाफा ६० करोड ७३ लाख ४३ हजार रुपैयाँ कमाएको रिपोर्ट सार्वजनिक भएको छ । यो नाफा गत  वर्षको यही अवधिको तुलनामा १०.१३% ले धेरै हो । गत वर्ष यसैअवधिमा बैंकले ५५ करोड १४ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा बैंकको वितरण योग्य नाफा २६ करोड १७ लाख रुपैयाँ रहेको छ ।
यस्तै, सञ्चालन नाफा ११.१७% ले बढेको छ । सञ्चालन नाफा ७३ करोड ७७ लाख रुपैयाँबाट बढेर ८२ करोड १ लाख रुपैयाँ पुगेको छ ।  गत वर्ष १ अर्व ८१ करोड ६६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यस वर्ष भने ८.३३%ले घटेर १ अर्व ६६ करोड ५१ लाख रुपैयाँमा सिमित रहेको छ । 
यो असारमसान्तसम्ममा बैंकको निक्षेप संकलन र कर्जा लगानी क्रमशः २०.३८% र ७.५७% ले बढेको छ । बैंकले निक्षेप १ खर्व २३ अर्व ५४ करोड रुपैयाँ संकलन गरेर कर्जा १ खर्व ११ अर्व ४६ करोड रुपैयाँ प्रवाह गरेको छ । हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ४४ करोड ८२ लाख ४० हजार रुपैयाँ रहेको छ । 
यता, रिजर्भ कोष भने २९.३९% ले घटेर १० अर्व ३७ करोड रुपैयाँमा सिमित रहेको छ । बैंकको खराब कर्जा भने केहि घटेको छ । बैंकको खराव कर्जा  ०.२३%ले घटेर ३.७०% रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ४८ पैसाले बढेर २३ रुपैयाँ ३३ पैसा पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ २६३ रुपैयाँ ६५ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: