×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कृषि विकास बैंकले २५ लाख कित्ता ऋणपत्र जारी गर्दै, कति पायो रेटिङ ?

काठमाडौं – कृषि विकास बैंकले २५ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । बैंकले उक्त ऋणपत्र जारी गर्नको लागि रेटिङ सम्पन्न गरेको छ । इक्रा नेपालले यो ऋणपत्रलाई न्यून जोखिम जनाउने ‘इक्रा एनपी एलए’ रेटिङ दिएको हो । 
यता, बैंकले १ हजार रुपैयाँको दरमा २५ लाख कित्ता ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । बैंकले बिक्रि खुल्ला गरेको ऋणपत्रमध्ये १० लाख कित्ता सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १५ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । 
बैंकले ‘१०.३५% कृषि विकास बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । बैंकले १०.३५% व्याज दरमा ७ वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यपिटलले गर्नेछ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: