×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आरम्भ लघुवित्तले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा ४४९.५१%ले वृद्धि हुँदा प्रतिसेयर आम्दानी कति ?

काठमाडौं – आरम्भ लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार संस्थाको अधिकांश सूचक मजबुत बन्दै गएको छ । संस्थाले एस प्रथम त्रैमासमा खुद नाफा ४४९.५१% ले वृद्धि गरेर ३२ लाख २६ हजार रुपैयाँ पुर्याएको छ । गत वर्षको यसैअवधिमा आरम्भ ९ लाख २३ हजार रुपैयाँ नोक्सानमा रहेको थियो ।
यस्तै, संस्थाको खुद ब्याज आम्दानी ७१.०२% ले बढेको छ । गत वर्ष ६४ लाख ३३ हजार रुपैयाँ खुद ब्याज आम्दानी रहको संस्थाले यस वर्ष १ करोड १० लाख २ हजार रुपैयाँ पुर्याएको छ । साथै सञ्चालक नाफा ६४९.१८% ले बढेर ५० लाख ६९ हजार रुपैयाँ पुगेको छ । गत वर्ष सञ्चालक नाफा ऋणात्मक रहेको थियो । संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको कारणले गर्दा खुद नाफा बढ्नमा मद्दत पुगेको हो। 
यता, संस्थाको खराव कर्जा १.६७%ले घटेर १.२१% पुगेको छ। संस्थाको प्रतिसेयर आम्दानीमा पनि आकर्षक वृद्धि भएको छ । यसअवधिमा प्रतिसेयर आम्दानी २३ रुपैयाँ ०४ पैसाले बढेर २१ रुपैयाँ ५० पैसा पुगेको छ । संस्थाको प्रति सेयर नेटवर्थ ११९ रुपैयाँ ७७ पैसा रहेको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: