त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २५ हजार अमेरिकी डलरसहित भारतीय नागरिक पक्राउ

काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २५ हजार अमेरिकी डलरसहित भारतीय नागरिक सत्य नारायण रामाचार्य पक्राउ परेका छन् । ओमन एयरको उडानद्वारा दुबई जान लागेका रामाचार्यले लुकाइ छिपाइ २५ हजार अमेरिकी डलर लैजाने क्रममा शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान तर्फको हेण्डब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा रामाचार्यलाई ह्याण्ड व्यागभित्र पत्रिकाले बेरी लुकाइ लैजाने लागेको १ सय दरका उक्त अमेरिकी डलर सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान एवम् आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : Sunday, November 17, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal