×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

विक्ली एग्रीमेन्ट रिपोर्ट : मङ्सिरको पहिलो साता कुन बैंकले कुन संस्थासँग कस्तो सम्झौता गरे ? (विवरणसहित)

काठमाडौं – यो साता पनि विभिन्न बैंकहरुले आफ्ना ग्राहकहरुलाई विभिन्न सुविधा प्रदान गर्नका लागि विभिन्न संस्थासँग विभिन्नखाले सम्झौता गरेको छन्  । हेर्नुहोस् यो साता कुन बैंकले, कुन संस्थासंग, के प्रयोजनका लागि, कस्तो सम्झौता गरे :
नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी बैंक)का कर्मचारी तथा ग्राहकहरूले नेपाल मेडिसिटि अस्पतालका सेवाहरूमा विशेष छुट पाउने भएका छन् । उक्त बैंक र नेपाल मेडिसिटि अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहकहरूलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको हो ।
सम्झौतापत्रमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र नेपाल मेडिसिटि अस्पतालका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार बैंकका ग्राहकहररूले उक्त छुट बैैकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।
जी.एम.ई. रेमिट र ए वान फरदान एक्सचेञ्जबीच विप्रेषण सम्वन्धि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा जी.एम.ई. रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र ए वान फरदान एक्सचेञ्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ओसामा अल रहमा ले हस्ताक्षर गरेका छन् । 
सम्झौता पश्चात कार्तिक २७ गते देखि ए वान फरदान एक्सचेञ्ज मार्फत यूएईबाट पठाएको रकम जी.एम.ई. रेमिट को ७ हजार भन्दा बढी एजेन्ट मार्फत भुक्तानी लिन सकिनेछ । हाल जी.एम.ई. रेमिटले दक्षिण कोरिया, अमेरिका, यू.के, मलेसिया, जापान लगाएत खाडि मूलुकहरुबाट रेमिट्यान्स कारोबार गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंक र कतार एयरवेजबीच सेवा सम्बन्धी सम्झौता भएको छ । कतार एयरवेजले ग्लोबल आइएमई बैंकका ग्राहकलाई हवाई टिकटमा ७% सम्म छुट दिने भएको छ ।
बैंकका बजार तथा व्यवसाय प्रवद्र्धन विभाग प्रमुख शान्ता शिवाकोटी तथा कतार एयरवेजको तर्फबाट कतार एयरवेज ग्रुपका कन्ट्री म्यानेजर मोहमद एलइमामले हस्ताक्षर सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
ग्लोबल आइएमई बैंक र कतार एयरवेजबीच सम्पन्न सम्झौता अनुसार कतार एयरवेजले बैंकको कार्ड प्रयोगकर्तालाई हवाई टिकटमा ७% सम्म छुट दिने सहमति गरेको हो । हवाई टिकटको बेस रेटमा लागू हुने यो छुट कतार एयरवेजको उडान हुने विभिन्न देशमा लागू हुनेछ ।
ज्योति विकास बैंकले रेमिट सेवा अझ सहज र विस्तारित गर्ने क्रममा जेएमई रेमिटसंग रेमिट सेवाको लागि सम्झौता गरेको छ । आइतबार (मङसिर १ गते) ज्योति विकास बैंक र जेएमई रेमिटबीच उक्त सहकार्य सम्झौता भएको छ ।
सम्झौतापत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका नायब महाप्रबन्धक सुशीलकुमार शर्मा तथा जेएमई रेमिटको तर्फबाट जेएमई रेमिटका प्रबन्धक मीरा शर्माले हस्ताक्षर गरेका हुन् ।
जेएमई रेमिटले स्थापना काल देखिनै जापानबाट गुणस्तरिय रेमिट सेवाप्रदान गर्दै आएको छ। यस सम्झौता पश्चात जेएमई रेमिटको रेमिट सेवा ज्योति विकास बैंकको जुनै पनि शाखा कार्यालयबाट लिन सकिने छ। ज्योति विकास बैंकको मुलुकभर रहेका १०२वटा शाखाबाट जेएमई रेमिटको देश/ विदेशबाट हुने रेमिट सेवा उपलब्ध हुनेछ।
सिटिजन्स बैंक इन्टरनेसनल लि. र चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युट प्रा.लि., बसुन्धरा, बिच बैंकका ग्राहकहरुलाई हस्पिटलको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी सम्झौता भएको छ । 
यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट,क्रेडिट र प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहकहरुले चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युट प्रा. लि. मा उपचार गराउँदा तथा अन्य सेवा लिंदा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: