सेञ्चुरी कमर्सियल बैंकको 'सिएसआर' : सञ्जीवनी माध्यमिक विद्यालयलाई २ थान डेक्स्टप कम्प्यूटर हस्तान्तरण

काठमाडौँ  - सेञ्चुरी कमर्सियल बैंकको धुलिखेल शाखाले विद्यालयलाई कम्प्यूटर वितरण गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काभ्रे जिल्ला, धुलिखेल नगरपालिका, वडा नं ७, सञ्जीवनी बजारमा रहेको नेपालको नमूना जिल्लाको ऐतिहासिक शैक्षिक गन्तब्य सञ्जीवनी माध्यमिक विद्यालयलाई सूचना प्रविधि र कम्प्यूटरको ब्यवहारिक ज्ञानमा सहयोग पुर्याउने उद्देश्यले २ थान डेक्स्टप कम्प्यूटर वितरण गरेको हो ।

धुलिखेल शाखाका प्रबन्धक दीपक ढुङ्गानाले एक समारोहका बीच विद्यालयका प्राचार्य लोकेन्द्र ढकाललाई कम्प्यूटर हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रमको प्रमुख आतिथ्यता ब्यवस्थापन समितिका अध्यक्ष बेलप्रसाद श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा पूर्व प्राचार्य बेदप्रसाद कोजु, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरु, सहायक प्राचार्य पवन प्रधान लगायत सेञ्चुरी बैंकका काभ्रे जिल्लाका शाखा प्रबन्धकहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको ब्यवस्थापन धुलिखेल शाखाका बजार ब्यवस्थापक हरिकृष्ण दाहालले गरेका थिए ।
प्रकाशित मिति : Sunday, November 17, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal