सेञ्चुरी बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच मनी ट्रान्सफर सम्बन्धि सम्झौता

काठमाडौं - सेञ्चुरी कमर्सियल बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच मनी ट्रान्सफर सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार सेञ्चुरी कमर्सियल बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट भाटभटेनी मनी ट्रान्सफरबाट पठाएको पैसाको भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख व्यवसाय विकास अधिकृत सुभाषबहादुर श्रेष्ठ र भाटभटेनी मनी ट्रान्सफरका कार्यकारी प्रबन्धक मुनाल जंग कार्काीले हस्ताक्षर गरेका हुन् ।

बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०० शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १३ वटाशाखा रहित बैंकिङ्ग गरी जम्मा १३५ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।
प्रकाशित मिति : Friday, November 29, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal