×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चिलिमे जलविद्युत कम्पनीले २५% लाभांश दिँदै, मंसिर ११ गते बोलायो साधारणसभा

काठमाडौं – चिलिमे जलविद्युत कम्पनीले २५% लाभांश दिने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको ३६४औँ बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट २०% बोनस सेयर र ५% नगद लाभांश दिने निर्णय गरेको हो । 
कम्पनीले ९५ करोड १६ लाख २७ हजार १५६ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, २३ करोड ७९ लाख ६ हजार ७८९ रुपैयाँ नगद लाभांश बाँड्नेछ । साथै, कम्पनीले मंसिर ११ गते एजीएम बोलाएको छ । यसका लागि चिलिमेले कात्तिक २७ गतेदेखि मंसिर ११ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस अनुसार, कात्तिक २६ गतेसम्म मात्र कायम सेयरधनीले उक्त लाभांश प्राप्त गर्ने छन्। 
हाल चिलिमेको चुक्ता पुँजी ४ अर्ब ७५ करोड ८१ लख रुपैयाँ रहेको छ । बोनस वितरण पछि भने कम्पनीको चुक्ता पुँजी ५ अर्ब ७० करोड ९७ लाख ६२ हजार रुपैयाँ पुग्नेछ । कम्पनीको बोनस प्रस्ताव आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको र साधारणसभा सम्बन्धी बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: