×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘२२ लाख तलव खाने, सेयर होल्डरहरुलाई रिटर्न पनि राम्रो नदिने, नाफाको ठेलीमात्र लगाएर हुन्छ ?’ (भिडियो अन्तर्वार्ता)

काठमाडौँ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले नाफाको ठेलीमात्र लगाएर नहुने स्पष्ट पारेका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत स्प्रेड दरको नयाँ व्यवस्था ल्याएपछि बैंकरहरुले असन्तुष्टि जनाईरहेका बेला उनले कसैले भन्दैमा राष्ट्र बैंकले ल्याएको नीति परिवर्तन नहुनेसमेत स्पष्ट पारेका छन् । राष्ट्र बैंकले सोचेर बुझेर नै नीति ल्याएकाले कसैले बिरोध गर्दैमा आफ्नो नीति तलमाथि राष्ट्र बैंकले नगर्ने उनको भनाइ छ ।
साप्ताहिक टेलिभिजन कार्यक्रम ‘बैंकिङ सेरोफेरो’सँग कुराकानी गर्दै उनले बैंकरहरु इन्स्योरेन्सको प्रोडक्ट बेच्न लालायित हुने र बैंकको काम नगर्ने गर्न थालेपछि संस्थागत एजेन्टको काम गर्न रोकेकोसमेत स्पष्ट पारेका छन् । अव आउँदो गभर्नरमा आफु पनि लाइनमै रहेको घुमाउरो संकेत दिएका शिवाकोटीले अन्तर्वार्ताका क्रममा ‘२२ लाख तलव खाने, रिटर्न पनि राम्रो नदिने र नाफाको ठेलीमात्र लगाउने काम स्वीकार नहुने’ बताएका छन् ।
हेरौं उनीसँग गरिएको खास कुराकानी भिडियोमा :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: