सिटिजन्स बैंकको नयाँ शाखा काठमाडैंको कमलादीमा, शाखा सञ्जाल ८५ पुग्यो

कमलादी
काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौँको कमलादीमा ८५औं शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो ।

करिव १३ वर्ष अघि कमलादीबाट नै यस बैंकले बैंकिंग कारोवारको शुभारम्भ गरेकोमा र १० वर्षको सफल बैंकिंग कारोवारपछि २०७३ सालमा नारायणहिटीपथमा स्थित बैंकको आफ्नै भवनबाट बैंकिंग सेवा दिंदै आएको छ ।

यस बैंकले ८५ वटा शाखा, ८२ वटा एटिएम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै, यसले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।
प्रकाशित मिति : Sunday, November 10, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal