सिभिल बैंकले गर्यो ६.५७% नगद लाभांश दिने घोषणा !


काठमाडौं - सिभिल बैंकले ६.५७% नगद लाभांश दिने घोषणा गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको २८८औँ बैठकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ६.५७% नगद लाभांश दिने निर्णय गरेको हो । हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब ३३ लाख ८९ हजार ६७३ रुपैयाँ रहेको छ । बैंकले यही पुँजीबाट ५२ करोड ५८ लाख २२ हजार ७०१ रुपैयाँ नगद वितरण गर्न लागेको हो ।

यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
प्रकाशित मिति : Thursday, November 07, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal