×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

फलोअप : देब: बिकास बैंक घोटाला प्रकरणमा फरार रहेका प्रेम भुर्तेल अदालतमा हाजिर, अरु के- के छन् अपडेट ?

काठमाडौँ । देब: बिकास बैंक घोटाला प्रकरणमा फरार रहेका तकालीन वेष्टर्न डेभलोपमेन्ट बैंकका लेखापरिक्षक प्रेम भुर्तेल अदालतमा हाजिर भएपछि सोहि दिन थुनछेक बहसपछि सामान्य तारेखमा रिहा भएको तथ्यको खुलासा भएको छ । बैंकको करोडौं रुपैयाँ घोटाला गरेको अभियोग लागेपछि उनी फरार थिए । उनी गत कार्तिक २७ गते अदालतमा हाजिर भएका थिए भने सोहि दिन भएको थुनछेक बहसपछि उनलाई सामान्य तारेखमा रिहा गरिएको अदालतले जनाएको छ । उनी चार्टड एकाउन्टेन्ट भएकाले उनको मुद्धाको बोधार्थसमेत लेखापरिक्षकहरुको नियामक निकाय आइक्यानमा पठाइएको बुझिएको छ । 
उच्च अदालत तुलसीपुरको वाणिज्य इजलाशमा बहस भएको थियो । केहीलाई थुनामै राखेर अनुसन्धान गर्न अदालतले आदेश गरेको छ भने केहीलाई तारेखमा रिहा गर्ने आदेश अदालतले सुनाएको छ । समिर बुढाथोकीसहित ५६ जना विरुद्ध चलिरहेको बैंकिङ कसुरको यो मुद्धा बिजयबहादुर श्रेष्ठको जाहेरीपछि चलिरहेको छ भने थप अनुसन्धानसमेत भइरहेको छ ।
तत्कालीन वेष्टर्न डेभलोपमेन्ट बैंकमा भएको यो घोटाला प्रकरण बिकास बैंकमा देखिएका घोटाला प्रकरणहरुमा ठुलो मध्येको एक हो । उक्त प्रकरणमा झन्डै १८ करोड घोटाला भएको अनुसन्धानको प्रारम्भिक निष्कर्ष छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: