×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

धनगढीमा रिक्सा चलाउँदै राष्ट्र बैंकका पूर्वप्रबन्धक, भन्छन्, ‘ दिनको ३००० सम्म कमाइ हुन्छ, काम गरेर खान केको लाज ?’

धनगढी । नेपाल राष्ट्र बैंकका अवकास प्राप्त कर्मचारी हुन् राजेश शाही । तर अहिले उनको परिचय फेरिएको छ । झट्ट हेर्दा फिल्मको हिरो भन्दा कम नलाग्ने उनी अहिले धनगढीमा रिक्सा चलाउँछन् भन्ने सुन्दा जो कोहिलाई अचम्म लाग्न सक्छ । तर यो सत्य हो । श्रीमतीले किनेको रिक्सा नम्बर से १ स ११० चलाउन श्रीमतीले चालक खोजेपछि उनी आफैं यो काममा जुर्मुरिए । र सुरु गरे रिक्सा चलाउन ।
‘दैनिक एक हजार पाँच सयदेखि तीन हजार रुपैयाँसम्म कमाई हुन्छ । दैनिक एक हजार रुपैयाँ रिक्सा भाडावापत श्रीमतीलाई दिन्छु ।’ फुर्तिलो स्वरमा उनी भन्छन्, ‘राजनीतिको माध्यमबाट जनताको सेवा गर्ने रहर पूरा भएन, अहिले जनतालाई यसरी सेवा गरिरहेको छु । काम गरेर खान के को लाज ?’ 
शाही २०३८ सालमा नेपाल राष्ट्र बैंकको धनगढी शाखा प्रवेश गरेका थिए । ३० बर्षको जागिर सकिएपछि खाली बस्न मन नलागेकाले आफुले यस्तो काम सुरु गरेको उनको भनाइ छ ।
फोटो विश्वराज तामाङको फेसबुक 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: