×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एभरेष्ट इन्स्योरेन्सले गयो लोभलाग्दो प्रगति, खुद नाफा ३३८.१०%ले वृद्धि हुँदा जगेडा कोष पनि मजबुद !

काठमाडौं – एभरेष्ट इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको अधिकांश सूचक बढेको छ । यो आर्थिक वर्षमा कम्पनीले खुद नाफा २ करोड २ लाख १४ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ३३८.१०% ले धेरै हो । गत वर्ष कम्पनीले ४६ लाख १४ हजार रुपैयाँ नाफा कमाएको थियो । 
यो असार मसान्तसम्ममा कम्पनीले खुद बिमा शुल्क २०.५३%ले बढाएर ११ करोड ९२ लाख ९० हजार रुपैयाँ पुर्याएको छ । कम्पनीले ४ करोड ३ लाख ८५ रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने ९९ करोड २१ लाख ४ हजार रुपैयाँ रकम भुक्तानी हुन बाँकी रहेको छ । 
यता, कम्पनीको बिमा कोष २०.५९% ले बढेर २३ करोड ७३ लाख रुपैयाँ जम्मा रहेको छ भने जगेडा कोष ३६.५७%ले बढेको छ । जगेडा कोष १५ करोड १२ लाख रुपैयाँ रहेको छ। 
यो पहिलो त्रैमाससम्ममा कम्पनीको चुक्ता पुँजी ७२०% ले बढेर १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि भारी मात्रामा घटेको छ । प्रतिसेयर नेटवर्थ २५० रुपैयाँ ०७ पैसाले घटेर १३५ रुपैयाँ ४७ पैसामा आएको छ । प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३८ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: