×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एक्सेल डेभलपमेन्ट बैंकको खुद नाफा ३४.९८%ले वृद्धि, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं – एक्सेल डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा  ३४.९८%ले वृद्धि गरेर ४ करोड ८८ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यसैअवधिमा बैंकले ३ करोड ६१ लाख ६२ हजार रुपैयाँ नाफा कमाएको थियो । 
यस्तै, बैंकको खुद ब्याज आम्दानी ४०.५३% बढेर ११ करोड ३२ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्ष बैंकले ८ करोड ५ लाख मात्र खुद ब्याज आम्दानी आर्जन गरेको थियो । यता, सञ्चालन नाफा पनि ३५.३३%ले बढेको छ ।  सञ्चालन नाफा ५ करोड १५ लाख रुपैयाँबाट बढेर ६ करोड ९७ लाख रुपैयाँ पुगेको छ ।    
यो असारमसान्तसम्ममा बैंकको निक्षेप संकलन ५०.८७% र कर्जा लगानी ३९.४८% ले बढेको छ । बैंकले निक्षेप ७ अर्व ६५ करोड रुपैयाँ निक्षेप संकलन गरेर ६ अर्व ६३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको जगेडा कोष पनि १५.५१% ले बढेर २० करोड ९७ लाख रुपैयाँ जम्मा रहेको छ । 
यता, बैंकको खराब कर्जा ०.५६% रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ४१ पैसाले बढेर २८ रुपैयाँ २९ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ६२ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: