जी.एम.ई. रेमिट र ए वान फरदान एक्सचेञ्जबीच विप्रेषण सम्वन्धि सम्झौता


काठमाडौं - जी.एम.ई. रेमिट र ए वान फरदान एक्सचेञ्जबीच विप्रेषण सम्वन्धि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा जी.एम.ई. रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र ए वान फरदान एक्सचेञ्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ओसामा अल रहमा ले हस्ताक्षर गरेका छन् । 

सम्झौता पश्चात मितिः२०७६/०७/२७ गते देखि ए वान फरदान एक्सचेञ्ज मार्फत यूएईबाट पठाएको रकम जी.एम.ई. रेमिट को ७ हजार भन्दा बढी एजेन्ट मार्फत भुक्तानी लिन सकिनेछ । हाल जी.एम.ई. रेमिटले दक्षिण कोरिया, अमेरिका, यू.के, मलेसिया, जापान लगाएत खाडि मूलुकहरुबाट रेमिट्यान्स कारोबार गर्दै आएको छ ।
प्रकाशित मिति : Sunday, November 17, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal