हिजो घटेको सुनको मूल्य आज फेरी घट्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ - साताको कारोबारको तेश्रो दिन मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबार प्रति तोला ७१ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले घटेर प्रति तोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रति तोला ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ७ सय रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ४१ रुपैयाँ ५ पैसा कायम गरेको छ ।
प्रकाशित मिति : Tuesday, November 05, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal