×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंक १३औं वर्षमा प्रवेश : रक्तदान कार्यक्रम गरी मनायो वार्षिकोत्सव

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ मंसिर २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

गरिमा विकास बैंक १३औं वर्षमा प्रवेश : रक्तदान कार्यक्रम गरी मनायो वार्षिकोत्सव

काठमाडौँ – गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको १२ औं बर्ष पूरा गरी १३ औं बर्षमा प्रवेश गरेको अवसरमा २०७६ मंसिर ७ गते शनिबार देशका विभिन्न ११ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 
गरिमा विकास बैंकले केन्द्रीय कार्यालय लाजिम्पाट, शाखा कार्यालयहरु स्याङ्जाको वालिङ्ग, रुपन्देहीको बुटवल, म्याग्दीको वेनी, चितवनको नारायणगढ, झापाको विर्तामोड र दमक, सुनसरीको धरान, सुर्खेतको वीरेन्द्रनगर, कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । उक्त स्थानहरुमा भएको रक्तदान कार्यक्रबाट ५०० युनिट भन्दा बढी रगत संकलन भएको छ । विकास बैंकले आफ्नो बार्षिकोत्सवको अवसरमा प्रत्येक बर्ष विभिन्न सामाजिक उत्तरदायित्वमुलक कार्यक्रमहरु सम्पन्न गर्दै आईरहेको छ । 
काठमाण्डौंको लाजिम्पाटमा केन्दीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौंमा १० वटा शाखा सहित देशभर ९० शाखा र ४९ वटा एटीएम संचालनमा छन । २०७६ मंसीर ६ गते सम्म विकास बैंकले करिब ३६ अर्ब निक्षेप संकलन गरी ३२ अर्ब कर्जा लगानी गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: