ग्लोबल आइएमई बैंकको सामाजिक कार्य : कुर्लुङ्ग प्राथमिक विद्यालयलाई २ वटा कम्प्युटर र प्रिन्टर हस्तान्तरण

काठमाडौँ - ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तनहूँ जिल्लाको ब्यास नगरपालिका १२, बेल्थोकस्थित कुर्लुङ्ग प्राथमिक विद्यालयलाई २ वटा कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ । 

बिहिबार आयोजित एक कार्यक्रमबीच बैंकका बजार तथा व्यवसाय प्रवद्र्धन विभागका इन्चार्ज बसन्त राज रेग्मीले कुर्लुङ्ग प्राथमिक विद्यालयका प्रधानाध्यापक पदमबहादुर पन्थलाई २ वटा कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ । 

ग्लोबल आइएमई बैंकले स्थापनाकालदेखि नै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न क्षेत्रमा सहयोग पुर्याउँदै यस्ता सामाजिक कार्यहरु गर्दै आएको छ । 
प्रकाशित मिति : Thursday, November 21, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal