×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ग्लोबल आइएमई बैंकको ३ नयाँ शाखा दिपायल, डोटी र दोलखामा, शाखा सञ्जाल १५३ पुग्यो

दोलखा

काठमाडौँ – ग्लोबल आइएमई बैंकका तीन नयाँ शाखा सञ्चालनमा आएका छन् । मंसिर ११ गते दिपायल सिलगढी नगरपालिका वडा नं. ४, पिपल्ला बजारमा, डोटी जिल्लाको भिमेश्वर नगरपालिका वडा नं. २, चरिकोट र दोलखा जिल्ला सिद्धार्थनगर नगरपालिका वडा नं. १, रुपन्देही स्थित भैरहवाको विशेष औद्योगिक क्षेत्र परिसरमा नयाँ शाखा विस्तार गरेको छ ।
तीन नयाँ शाखा सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १५३ पुगेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकमाझ बैंकिङ्ग सेवाप्रदान गर्दै आइरहेको छ ।
हाल देशभरी बैंकका १५३ वटा शाखा, ३१ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, १५० एटिएम तथा १९५ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत ११ लाखभन्दा बढि ग्राहकहरुलाई सेवाप्रदान गर्दै आइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: