×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ग्लोबल आइएमई बैंकको एटिएम सेवा विराटनगर महानगरपालिका कार्यालय परिसरमा, महानगरपालिकाका मेयर पराजुलीद्वारा उद्घाटन

काठमाडौं – ग्लोबल आइएमई बैंकले विराटनगर महानगरपालिका परिसरमा एटिएम सेवा सुरु गरेको छ । एटिएम विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उक्त एटिएम सेवाको उद्घाटन गरेका हुन् ।
उक्त कार्यक्रममा विराटनगर महानगरपालिकाका उपमेयर इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी लगाएतको उपस्थिति रहेको थियो । बैंकले विराटनगर महानगरपालिकामा आएका ग्राहकहरुलाई लक्षित गरि उक्त एटिएम सेवा सञ्चालनमा ल्याएको हो । नयाँ एटिएम सेवा थप भएसंगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या १५१ पुगेको छ ।
बैंकले हाल १५३ वटा शाखा,३१ वटा एक्सचेन्ज तथा राजश्व संकलन काउण्टर, १५१वटा एटिएम, १९५ वटा शाखारहित बैंकिङ्ग सेवार विदेशस्थित ३ सम्पर्क/प्रतिनिधि कार्यालय मार्फत आफ्ना ११ लाखभन्दा बढि ग्राहक माझ सेवाप्रदान गर्दै आइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: