हिजो घटेको सुनको मूल्य आज कति छ ?

काठमाडौँ - साताको कारोबारको अन्तिम दिन सुनचाँदीको मूल्य बढेको छ । बिहिबार प्रति तोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ७ सयले बढेर प्रति तोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रति तोला ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार ४५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ४६ रुपैयाँ कायम गरेको छ ।
प्रकाशित मिति : Friday, November 01, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal