बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ - साताको कारोबारको चौथौ दिन बुधबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार प्रति तोला ७२ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ सयले बढेर प्रति तोला ७२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि ५ रुपैयाँबाट बढेर प्रति तोला ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार ८ सय १५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ४१ रुपैयाँ ५ पैसा कायम गरेको छ ।
प्रकाशित मिति : Wednesday, November 20, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal