हिजो बढेको सुन र चाँदीको मूल्य आज फेरी बढ्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ - साताको कारोबारको पाँचौ दिन बिहिबार सुनचाँदीको मूल्य बढेको छ । बुधबार प्रति तोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ६ सयले बढेर प्रति तोला ७२ हजार मूल्यमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रति तोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार ७ सय ३० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ३७ रुपैयाँ ५ पैसा कायम गरेको छ ।
प्रकाशित मिति : Thursday, November 14, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal