×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गुडविल फाइनान्सको खुद नाफा ६.४८%ले वृद्धि हुँदा अन्य सूचकको कस्तो छ अवस्था ?

काठमाडौं – गुडविल फाइनान्सले आर्थिक बर्ष २०७६/७७ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा ६.४८%ले वृद्धि गरेर १२ करोड १८ लाख ९ हजार ३ सय ५६ रुपैयाँ पुर्याएको छ । गत वर्षको यहि अवधिमा कम्पनीको खुद नाफा १० करोड ४६ लाख ४ हजार ९२ रुपैयाँ आर्जन गरेको थियो । 
यस्तै, बैंकको खुद ब्याज आम्दानी २७.२९% र सञ्चालन नाफा १३.७६% ले बढेको छ । गत वर्ष ५ करोड ८५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको यसले यो त्रैमासमा बढाएर ७ करोड ४५ लाख पुर्याएको छ । साथै सञ्चालन नाफा पनि १ करोड ४९ लाख रुपैयाँबाट बढाएर १ करोड ६९ लाख रुपैयाँ पुर्याएको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै माथि जाँदा समग्र खुद नाफा सुधार्न सहयोग पुगेको देखिन्छ ।
हाल गुडविलको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ३२ करोड ९० लाख रुपैयाँ छ । कम्पनीको खराब कर्जा ०.८०% बाट बढेर १.२४% भएको छ । प्रतिसेयर आम्दानी ६ रुपैयाँ ०९ पैसा (वार्षिक) रहेको यसको प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ २५ पैसा छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: