×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

ग्रीनलाइफ हाइड्रोपावरको ३४ लाख ९६ हजार ४०० कित्ता आइपीओ आउँदै, बिक्री प्रबन्धकमा बीओके क्यापिटल !

काठमाडौं – ग्रीनलाइफ हाइड्रोपावरले ३४ लाख ९६ हजार ४०० कित्ता आइपीओ आउने भएको छ । कम्पनीले प्रति कित्ता १०० रुपैयाँको दरले ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले उक्त आइपिओ जारी गर्नको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागिसकेको छ । यसअघि आयोजना प्रभावित स्थानीयले नकिनेको सेयरसमेत थप गरी सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो । 
ग्रीनलाइफले दोलखा जिल्लाका स्थानीयलाई कुल १८ लाख कित्ता आइपीओ निष्कासन गर्दा १ लाख ३ हजार ६०० कित्ताका लागि मात्रै आवेदन परेको थियो । १ हजार २१६ जना स्थानीयले मात्र सेयर भरेका थिए । कुल १६ लाख ९६ हजार ४०० कित्ता सेयर बिकेको थिएन ।
उक्त सेयर सर्वसाधारणलाई थप गरी अहिले बिक्री अनुमति मागेको हो । ग्रीनलाइफ हाइड्रोपावरको आइपीओमा काम बीओके क्यापिटलले गर्नेछ । यस हाइड्रोपावरको आइपीओले ग्रेड ४ रेटिङ पाएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई औसत भन्दा कम आधार जनाउने रेटिङ दिएको हो । यसले दोलखा जिल्लाको मारबु गाउपालिकामा, ४० मेगावटको खानीखोला १ हाइड्रोपावर निर्माण गरिरहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: