गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले गर्यो ६.५% नगद लाभांश दिने घोषणा !

काठमाडौं - गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीले ६.५% नगद लाभांश दिने घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको २०९औँ बैठकले आर्थिक वर्ष २०७५/७६को मुनाफाबाट ६.५% नगद लाभांश दिने निर्णय गरेको हो । 

कम्पनीले हाल कायम ८० करोड रुपैयाँ चुक्ता पुँजीबाट ५ करोड २० लाख रुपैयाँ नगद बाँड्न लागेको हो । गत वर्ष पनि यसले ५.२६% नगद लाभांश दिएको थियो ।यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
प्रकाशित मिति : Monday, November 11, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal