हिमालयन बैंकले गर्यो सामान्य प्रगति, खुद नाफा ६.८५% ले वृद्धि हुँदा प्रति सेयर आम्दानी कति ?

काठमाडौं - चालु आर्थिक वर्षको प्रथम त्रैमासमा हिमालयन बैंकले खुद नाफा ६९ करोड ४२ लाख २२ हजार रुपैयाँ कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्ट अनुसार यो नाफा गत वर्षको तुलनामा ६.८५% ले धेरै हो । गत वर्षको यसै अवधिमा बैंकलेखुद नाफा ६४ करोड ९६ लाख ५८ हजार रुपैयाँ कमाएको थियो । बैंकको वितरण योग्य नाफा १९ करोड ८८ लाख ४१ हजार रुपैयाँ रहेको छ ।

यस्तै बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश : ०.४६% र ६.९१% ले बढेको छ । गत वर्ष १ अर्व ३१ करोड २८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यो वर्ष केहि बढाएर १ अर्व ३१ करोड ८८ लाख रुपैयाँ पुर्याएको छ । साथै, सञ्चालन नाफा पनि ९२ करोड ६२ लाख रुपैयाँबाट बढेर ९९ करोड २ लाख रुपैयाँ पुगेको छ ।    

यो असारमसान्तसम्ममा बैंकको निक्षेप संकलन र कर्जा लगानी क्रमशः १२.७०% र ०.४६% ले बढेको छ । बैंकले निक्षेप १ खर्व १५ अर्व ४८ करोड रुपैयाँ संकलन गरेर कर्जा ९७ अर्व ९० करोड रुपैयाँ प्रवाह गरेको छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्व ५२ करोड रहेको छ ।  

बैंकको खराब कर्जा १.१६%, कष्ट अफ फन्ड ६.४२% र आधारदर ८.९३% रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ०२ पैसाबाट ३२ रुपैयाँ ५९ पैसामा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ ८३ पैसा रहेको छ । 
प्रकाशित मिति : Friday, November 15, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal